काठमाडौं । नेप्से पुन बढेको छ । अघिल्लो दिन ३४ अंकले बढेको नेप्से आज बुधबार पनि ३४ दशमलव ४६ अंकले बढेर २७ सय ९४ दशमलव ७८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८६ अंकले बढेर चार सय ८९ दशमलव २७ अंकमा पुगेको छ । तीन सय ३० वटा कम्पनीहरुको ९९ हजार पाँच सय पाँच पटकको कारोबारमा चार करोड ३१ लाख ११ हजार चार सय १६ पटकको कारोबारमा १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार आठ सय ८० रुपैयाँको शेयर किनबेच भएकाछन् ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दशमलव ७६ अंकले बढेर १५ सय १६ दशमलव ६० अंंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४६ दशमलव ३९ अंकले बढेर ३६ सय ४६ दशमलव ७८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव ५३ अंकले बढेर १३ हजार दुई सय ७६ दशमलव ३५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ३१ दशमलव ४८ अंकले बढेर १२ हजार सात सय ३६ दशमलव १४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज कुमारी बैंकको ऋणपत्रले सबैभन्दा बढी कमाउँदा माईखोला हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । बुटवल पावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।