काठमाडौं । नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन ३५ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार ३४ दशमलव ४६ अंकले बढेर २७ सय ६० दशमलव १७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स सात दशमलव चार अंकले बढेर चार सय ८१ दशमलव ४० अंकमा चढेको छ । आज तीन सय १७ वटा कम्पनीहरुको ७४ हजार ५७ पटकको कारोबारमा दुई करोड ६५ लाख १७ हजार दुई सय नौं कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौं अर्ब ४१ करोड ९१ लाख ६५ हजार आठ सय सात रुपैंयाँ कायम भएको छ।
आज कारोबार भएका १३ वटा समुह मध्ये १२ वटा समुहहरुको सुचक बढेकोमा सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ । बाँणिज्य बैक समुहको सुचक २६ दशमलव ५५ अंकले बढेर १४ सय ९२ दशमलव ८४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६० दशमलव ७३ अंकले बढेर ३६ सय दशमलव नौं अंकमा पुगेको छ।
जीवन बीमा समुहको सुचक पनि ९० दशमलव एक अंंकले बढेर १३ हजार एक सय ८८ दशमलव ८१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ९५ दशमलव ५४ अंकले बढेर १२ हजार पाँच सय चार दशमलव ६५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज सुपर मादी हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा भगवती हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । बुटवल पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।