शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

३५ अंकले घट्यो नेप्से, जलविधुत बाहेक सबै समुहको सुचक रातै

सोमबार, असार ३० २०८२

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन २९ अंकले बढेको नेप्से आज सोमबार ३५ दशमलव शुन्य नौं अंकले घटेर २७ सय २५ दशमलव ७१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स छ दशमलव ८३ अंकले घटेर चार सय ७४ दशमलव ३५ अंकमा पुगेको छ । तीन सय २१ वटा कम्पनीहरुको ७२ हजार छ सय एक पटकको कारोबारमा दुई करोड ११ लाख दुई हजार पाँच सय ४० कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम आठ अर्ब १७ करोड २१ लाख ४३ हजार तीन सय २६ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा जलबिद्युत समुहको सुचक पाँच दशमलव ३२ अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ३७ दशमलव दुई अंकले घटेर १४ सय ६६ दशमलव २८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ८१ दशमलव ५३ अंकले घटेर १३ हजार ९८ दशमलव ८० अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३२ दशमलव ३२ अंकले घटेर १२ हजार चार सय नौं दशमलव ११ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज माईखोला हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।