शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै बढ्यो, झण्डै २६ अंकले बढ्दा नौं अर्ब ६८ करोडको कारोबार

बिहिबार, असार २६ २०८२

काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै बढेको छ । अघिल्लो दिन २२ दशमलव शुन्य चार अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २५ दशमलव ८९ अंकले बढेर २७ सय ३१ दशमलव ८० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ५५ अंकले बढेर चार सय ७२ दशमलव दुई अंकमा चढेको छ । तीन सय १२ वटा कम्पनीहरुको ८८ हजार छ सय १५ पटकको कारोबारमा दुई करोड ६४ लाख ७० हजार आठ सय ४० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौं अर्ब ६८ करोड २४ लाख ८८ हजार सात सय ३९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा जलबिद्युत र व्यापार समुहको सुचक घटेका छन् भने बाँकी समुहहरुको सुचक भने बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४२ दशमलव ७२ अंकले बढेर १४ सय ५४ दशमलव २१ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि १२ दशमलव ६८ अंकले बढेर २४ सय ८८ दशमलव ८० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २५ दशमलव ६४ अंकले बढेर १३ हजार दुई सय ७६ दशमलव ७७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव ९७ अंकले बढेर १२ हजार पाँच सय ८४ दशमलव ४७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले बढेकाछन् ।

नेप्सेमा आज माईखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा कर्पोेरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।