छ वटा समुहले गुमाउँदा सात वटा समुहले कमाए
काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन २२ दशमलव ३५ अंकले घटेको नेप्से आज मंगलबार शुन्य दशमलव १४ अंकले घटेर २६ सय ८३ दशमलव ८६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव शुन्य चार अंकले बढेर चार सय ५९ दशमलव ७० अंकमा चढेको छ । तीन सय चार वटा कम्पनीहरुको ५६ हजार दुई सय ७६ पटकको कारोबारमा एक करोड ५० लाख २७ हजार तीन सय ७२ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार आठ सय १४ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहले गुमाउँदा बाँकी समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव २० अंकले घटेर १३ सय ८८ दशमलव चार अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि शुन्य दशमलव ७१ अंकले घटेर १३ हजार दुई सय १८ दशमलव १९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ४७ दशमलव ४४ अंकले घटेर १२ हजार पाँच सय १८ दशमलव २६ अंकमा पुगेको छ भने होटल तथा पर्यटन, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने २३ दशमलव ११ अंकले बढेर ५५ सय ७१ दशमलव २५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २० दशमलव ८४ अंकले बढेर ३५ सय ५२ दशमलव ६५ अंकमा पुगेको छ । फाईनान्स, लगानी, उत्पादनमुलक र लघुवित्त समुहको सचुक पनि बढेकाछन् ।
नेप्सेमा आज बुटवल पावर कम्पनीले सबैभन्दा बढी कमाउँदा रसुवागढी हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।