शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रिलायबल नेपाल लाइफको प्रमुख कार्यकारी पुन: लोहनी

सोमबार, असार २३ २०८२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन नारायण बहादुर लोहनी नियुक्त भएका छन् । यसअघि पनि सोही कम्पनीमा प्रमुख कार्यकारी रहेका लोहनीलाई आगामी चार बर्षको लागि पुन प्रमुख कार्यकारीमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएका छन् ।

कम्पनीका अनुसार पछिल्लो पटक सम्पन्न भएको कम्पनीको एक सय ५५ औं सञ्चालक समितीको बैठकले लोहनीलाई प्रमुख कार्यकारीमा नियुक्त गर्नै निर्णय गरेको हो । प्रमुख कार्यकारी अधिकृतकोरुपमा लोहनीको दोस्रो कार्यकाल यही साउन १८ गतेबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ ।