काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से दुई दशमलव ४० अंकले बढेर २७ सय छ दशमलव ३६ अंंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ६७ अंकले घटेर चार सय ६३ दशमलव ७९ अंकमा झरेको छ । तीन सय १८ वटा कम्पनीहरुको ८७ हजार तीन सय ९८ पटकको कारोबारमा दुई करोड ७१ लाख ३२ हजार तीन सय आठ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम नौं अर्ब ५० करोड तीन हजार दुई सय ६८ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सात वटा समुहले कमाएपनि बाँकी समुहले भने गुमाएका छन् । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ६३ अंकले बढेर १४ सय चार दशमलव ३५ अंकमा पुगेको छ भने फाईनान्स, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने ८७ दशमलव ४२ अंकले घटेर पाँच हजार पाँच सय ९३ दशमलव ८७ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ७६ दशमलव ७१ अंकले घटेर १३ हजार तीन सय ४३ दशमलव ४८ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ६५ दशमलव ३७ अंकले घटेर १२ हजार छ सय ५० दशमलव शुन्य एक अंकमा पुगेकोमा जलबिद्युत, होटल तथा पर्यटन र लघुवित्त समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज नेपाल फाईनान्सले सबैभन्दा बढी कमाउँदा गुडविल फाईनान्सको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनी पहिलोको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।