काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन चार दशमलव ७८ अंकले बढेको नेप्से आज मंगलबार शुन्य दशमलव २२ अंकले घटेर २६ सय दशमलव ५३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १० अंकले बढेर चार सय ४५ दशमलव १६ अंकमा चढेको छ । तीन सय १६ वटा कम्पनीहरुको ६२ हजार सात सय ६६ पटकको कारोबारमा एक करोड ३८ लाख १८ हजार पाँच सय ५९ कित्ता शेयर खरिद किनबेच भएकोमा आज कुल कारोबार रकम पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार एक रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएपनि बाँकी समुहहरुले भने गुमाएका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ९३ अंकले बढेर १३ सय ३५ दशमलव ५९ अंकमा पुगेको छ भने उत्पादनमुलक, लगानी, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने २२ दशमलव २४ अंकले घटेर पाँच हजार दुई सय ४२ दशमलव ६० अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ६८ अंंकले घटेर तीन हजार पाँच सय २४ दशमलव ६७ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ३६ अंकले घटेर १२ हजार चार सय ९६ दशमलव ५० अंकमा झरेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ८८ अंंकले घटेर ११ हजार नौं सय १८ दशमलव २६ अंकमा झरेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा एनआईसी एशिया बैंकको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । बुटवल पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।