शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आई.एम.ई. डिजिटल र खल्ती एक आपसमा गाभिई “आईएमई खल्ती लिमिटेड” हुने

बिहिबार, असार ५ २०८२

काठमाडौं । आई.एम.ई. डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई “आईएमई खल्ती लिमिटेड” कायम हुने भएको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक सुचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु आई.एम.ई. डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात बन्ने संस्थामा सर्ने गरी गाभ्न/गाभिनका लागि अन्तिम स्वीकृति प्रदान भएअनुरुप दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार मिति २०८२/०४/०१ गते बिहीबारका दिन देखी एकीकृत रुपमा ‘आईएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुने भएकोले ‘भुक्तानी तथा फछर्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उप–विनियम १३ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।