शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एक अंंकले घट्यो नेप्से, पाँच वटा समुहले कमाउँदा आठ वटाले गुमाए

बुधबार, असार ४ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार पनि एक दशमलव शुन्य सात अंकले घटेर २६ सय ५३ दशमलव ६८ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव शुन्य एक अंकले बढेर चार सय ५२ दशमलव ४९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ६८ हजार १३ पटकको कारोबारमा दुई करोड ३४ लाख ४६ हजार नौं सय ४९ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम नौं अर्ब आठ करोड ५८ लाख ८६ हजार आठ सय ७७ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएका छन् भने बाँकी समुहहरुले गुमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ६२ अंकले घटेर १३ सय ४५ दशमलव ८६ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ६८ दशमलव २८ अंकले घटेर पाँच हजार तीन सय ७७ दशमलव १९ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ११ दशमलव २४ अंकले घटेर २३ सय ८७ दशमलव १३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७५ दशमलव ८९ अंकले घटेर १२ हजार ८३ दशमलव ६४ अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार समुहको सुचक पनि घटेका छन् । जलबिद्युत समुहको सुचक भने २७ दशमलव चार अंकले बढेर तीन हजार छ सय ७६ दशमलव पाँच अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ५६ अंकले बढेर १२ हजार सात सय ४९ दशमलव २७ अंकमा पुगेको छ । यसैगरी उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पियोर इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कर्पोेरेट डेभलपमेन्ट बैंक परेको छ । बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सानिमामाई हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ ।