शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एन आइ सी एशिया लघुवित्तद्वारा देशभर वित्तीय साक्षरता प्रदान

सोमबार, असार २ २०८२

काठमाडौं । एन आइ सी एशिया लघुवित्तले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । लघुवित्तले जेठ १७ गते देखि ३१ गतेसम्म देशभरी सात वटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो ।

संस्थाका अनुसार कार्यक्रम बाट कोशी प्रदेशका ८ शाखामा चार सय ६५ जना, मधेश प्रदेशका ८ शाखामा चार सय ६० जना, बागमती प्रदेशका ७ शाखामा चार सय ३० जना, गण्डकी प्रदेशका ७ शाखामा तीन सय ९० जना, लुम्बिनी प्रदेशका ९ शाखामा छ सय ९५ जना, कर्णाली प्रदेशका ८ शाखामा चार सय जना, र सुदुर पश्चिम प्रदेशका ८ शाखामा छ सय पाँच जना गरी कूल तीन हजार चार सय ४५ जना सदस्यहरु लाभान्वित भएका छन् । संस्थाले ग्रामिण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा संस्थाका विभिन्न तहका कर्मचारी एवम् स्थानिय लब्धप्रतिष्ठित व्यक्तिहरुले वित्तीय ज्ञान प्रदान गरेका थिए । संस्थाले आफ्ना सदस्यहरुलाई बेला– बेलामा पशुपालन, लघु उद्यम, आधुनिक कृषि लगायतका विषयमा तालिमको पनि प्रबन्ध गर्दै आएको छ ।