काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन २५ दशमलव सात अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार १३ दशमलव ६९ अंकले घटेर २६ सय ६४ दशमलव ४७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य ६८ अंकले घटेर चार सय ५६ दशमलव आठ अंकमा पुगेको छ । तीन सय सात वटा कम्पनीहरुको ८१ हजार सात सय तीन पटकको कारोबारमा दुई करोड २० लाख ७५ हजार सात सय ६९ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम नौं अर्ब ९० करोड ७० लाख पाँच जार पाँच सय ७५ रुपंैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा जलबिद्युत समुहको सुचक ४० दशमलव ८४ अंकले बढेर ३६ सय ३२ दशमलव ९० अंकमा पुगेको छ । यो बाहेक बाँणिज्य बैंक समुहको सुचक सात दशमलव दुई अंकले घटेर १३ सय ६१ दशमलव ६४ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय १० दशमलव ५५ अंकले घटेर १२ हजार नौं सय १२ दशमलव ९७ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव ५२ अंकले घटेर १२ हजार दुई सय नौं दशमलव ८२ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज पियोर इर्नर्जी कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । राधी जलबिद्युत कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।