बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

७२ प्रतिशतले बढ्यो मुलुकको निर्यात व्यापार

१० महिनामा दुई खर्ब १७ अर्ब रुपैंयाँको वस्तु निर्यात

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । मुलुकको निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले मगंलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी १० महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ७२ दशमलव सात प्रतिशतले बढेर दुई खर्ब १७ अर्ब ९१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय चार दशमलव सात प्रतिशत, पाँच दशमलव एक प्रतिशत र चार दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, तयारी पोशाक, जुश, अलंैची लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो १० महिनामा कुल वस्तु आयात भने १३ दशमलव एक प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब ज्ञ९ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा दुई दशमलव चार प्रतिशतले कमी आएकोे थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव नौं प्रतिशत, १५ दशमलव एक प्रतिशत र २८ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, खाने तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ । ज्ञज्ञ। निर्याततर्पm जलेश्वर, कञ्चनपुर र तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्पm भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा कुल वस्तु व्यापार घाटा छ दशमलव सात प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव तीन प्रतिशतले कमी आएकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौं दशमलव सात प्रतिशत रहेको थियो । ज्ञघ। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २२ अर्ब २ करोड बराबरको भएको थियो ।