बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालले आज लाओससँग खेल्ने

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । सन् २०२७ मा साउदी अरबमा हुने एसियन च्याम्पियनसिप फुटबल छनोट खेलमा नेपालले आज लाओसविरुद्ध खेल्नेछ । लाओसको राजधानी भियन्तियानस्थित न्यु लाओस फुटबल मैदानमा खेल हुनेछ ।

अघिल्लो खेलमा नेपालले फिफा वरीयतामा नेपालभन्दा २२ स्थानमाथि हङकङसँग गोलरहित बराबरी खेलेको थियो । सो नतिजाले नेपाली टोलिमा उर्जा थपिएको छ । आज नेपालले सकारात्मक नतिजाको अपेक्षा गर्ने एन्फाका उपाध्यक्ष दावा लामा बताए । उनले भने ‘हामीले घरेलु मैदानमा लाओसलाई पराजित गरिसकेका छौँ, त्यसैले पाहुना टोलीका रूपमा सजग रहनुपर्छ र खेलाडीहरूले नतिजा आफ्नो पक्षमा पार्नेछन् ।’