शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आइपिएल : उपाधिका लागी पञ्जाब र बेंगलोर भिड्दै

मंगलबार, जेष्ठ २० २०८२

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधिका लागी मंगलबार पञ्जाब र बेंगलोर भिड्दैछन् ।

१८ औं संस्करणको आइपिएलको फाइनल अहमादावादस्थित नरेन्द्रमोदि स्टेडियममा बेलुका ७:४५ मा सुरु हुनेछ । आइपिएलले यस सिजन नयाँ च्याम्पियन पाउने भएको छ ।

जारी सिजनको आइपिएलमा दुबै टोलिले उत्कृष्ठ प्रदर्शन गरेका छन् । रोयल च्यालेन्जर्स बेंगलोरले पहिलो क्यालिफाइयरमा पञ्जाबलाई हराएर फाइनल पुगेको हो भने पञ्जाबले दोश्रो क्यालिफायरमा मुम्बईलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।