काठमाडौं । नेप्से बढेको छ । आज सोमबार नेप्से एक दशमलव ६० अंकले बढेर २६ सय ९४ दशमलव ६६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २१ अंकले घटेर चार सय ६० दशमलव ९८ अंकमा झरेको छ । तीन सय १४ वटा कम्पनीहरुको ८३ हजार १६ पटकको कारोबारमा दुई करोड २० लाख ३१ हजार आठ सय ६१ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम नौं अर्ब २२ करोड ६३ लाख २ हजार नौं सय ३३ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुले गुमाउँदा बाँकी समुहहरुले कमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ५० अंकले घटेर १४ सय ११ दशमलव ७४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १२ं दशमलव २३ अंकले घटेर तीन हजार चार सय ५८ दशमलव ८२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि २० दशमलव ८७ अंकले घटेर १२ हजार तीन सय ९० दशमलव ४५ अंकमा पुगेको छ भने उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि घटेका छन् । बिकास बैक समुहको सुचक भने १६ दशमलव ६४ अंकले बढेर पाँच हजार पाँच सय ८६ दशमलव ५९ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ३१ दशमलव २४ अंकले बढेर १३ हजार दुई सय ३२ दशमलव ८० अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज ओम मेगाश्री हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।