काठमाडौं । दुई अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैकका तत्कालिन सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) अनुसार कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत एवं पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरुको दुई सय ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका रायलाइ ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य गरिरहेको छ ।
सल्यान घर भई हाल बाँकेको नेपाल नेपालगञ्ज उप महानगरपालिका वडा नं. २० बस्ने ६५ बर्षिय रायकै नेतृत्वमा बचतकर्ताहरुको अर्बो रुपैंयाँ रकम हिनामिना भएको सिआईबीले जानकारी दिएको छ ।