शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सरकारले छुट्यायो वित्तीय समानीकरण अनुदानको लागि दुई खर्ब ४१ अर्ब

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले वित्तीय समानीकरण अनुदानको लागि दुई खर्ब ४१ अर्ब ८१ करोड रुपैंयाँ बराबरको बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय संसद समक्ष आर्थिक बर्ष २०८२÷०८३ को लागि बजेट घोषणा गर्दे वित्तीय समानीकरण अनुदानको लागि उक्त परिमाणमा बजेट छुट्याईएको जानकारी दिएका हुन ।

वित्तीय समानीकरण अनुदान अन्र्तगत प्रदेशको लागि ६० अर्ब ६६ करोड, स्थानीय तहको लागि ८८ अर्ब ९७ करोड सशर्त अनुदान प्रदेशको ३० अर्ब ३५ करोड स्थानीय तहको दुई खर्ब ११ अर्ब ४६ करोड गरी कुल दुई खर्ब ४१ अर्ब ८१ करोड विनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

यसैगरी सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान तीन अर्ब २८ करोड रुपैंयाँ दिने घोषणा गरेको छ । विशेष अनुदान प्रदेशको लागि ३ अर्ब २७ करोड र स्थानीय तहको लागि ९ अर्ब ७८ करोड विनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।