शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झिनो अंकले बढ्यो नेप्से, छ वटा समुहले कमाउँदा सात वटा समुहले गुमाए

मंगलबार, जेष्ठ १३ २०८२

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन ५ दशमलव २१ अंकले घटेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार शुन्य दशमलव ८५ अंकले बढेर २६ सय ७५ दशमलव ६२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ० दशमलव ८७ अंकले बढेर ४ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ । ३ सय १८ वटा कम्पनीहरुको ५९ हजार ५ सय ३३ पटकको कारोबारमा १ करोड ४२ लाख ९९ हजार तीन सय ९४ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पाँच सय ८१ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक ५ दशमलव ५७ अंकले बढेर १३ सय ९३ दशमलव ९७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५ दशमलव १२ अंकले बढेर ३४ सय ४० दशमलव ३२ अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि आज बढेका छन् । फाईनान्स समुहको सुचक १२ दशमलव ९४ अंकले घटेर २३ सय ९४ दशमलव ४८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ७५ दशमलव ७२ अंकले घटेर १३ हजार २ सय ३१ दशमलव ३४ अंकमा पुगेको छ । निर्जीवन बीमा, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज कर्पोेरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । युनिभर्सल पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।