काठमाडौं । टेक तामाङको शब्द रचना रहेको गीत ‘तिम्रो मनको’ सार्वजनिक भएको छ । अञ्जु पन्त र निशान भट्टराईको स्वर, अर्जुन पोखरेलको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
दिनेश विष्टको निर्देशन रहेको गीतको भिडियोमा दिनेश विष्ट र ऋचा थापालाई फिचरिङ गरिएको छ । प्रविण सिंह कोरियोग्राफर रहेको भिडियोमा पवन सुस्लिङको छायांकन छ । गीतको भिडियो टेक तामाङको अफिसियल युट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो।