काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन झण्डै आठ अंकले बढेको नेप्से आज १९ दशमलव चार अंकले बढेर २६ सय ८८ दशमलव ५५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव आठ अंकले बढेर चार सय ५७ दशमलव ९३ अंकमा पुगेको छ । तीन सय १४ वटा कम्पनीहरुको ८६ हजार छ सय ८५ पटकको कारोबारमा दुई करोड २३ लाख ९६ हजार तीन सय २९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ८२ करोड २० लाख ७० हजार छ सय ८२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकाछन् । ति मध्ये चार वटा समुहहरुको सुचक बढेर नौं वटा समुहहरुको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक आज ५२ दशमलव ९८ अंकले बढेर १३ सय ९६ दशमलव ८७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ५१ अंकले बढेर १२ हजार पाँच सय ७३ दशमलव ४१ अंकमा पुगेको छ । यसैगरी लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने २२ दशमलव ७१ अंकले घटेर पाँच हजार चार सय ९४ दशमलव ६९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३८ दशमलव ६३ अंकले घटेर तीन हजार चार सय ४९ दशमलव ९७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ९३ अंकले घटेर १३ हजार तीन सय ७० दशमलव २० अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा बाराही हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।