शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल राष्ट्र बैंकको १८ औं गर्भनरको रुपमा डा. पौडेलको इन्ट्री

कसरी बनाउलान मुलुकको अर्थतन्त्रलाई समृद्ध ?

बुधबार, जेष्ठ ७ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गर्भनरकोरुपमा डा. बिश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार सत्तासाझेदार दल नेकपा एमाले र नेपाली काँग्रेसबिच गर्भनरका बिषयमा सहमती बनेको थियो । सोही सहमती अनुसार अर्थमन्त्री बिष्णु पौडेलको संयोकत्वमा गठन भएको गर्भनर छनौट सिफारिस समितीको बैठक डाकिएको थियो । उक्त बैठक सम्पन्न भएलगत्तै बसेको मन्त्रपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको १८ औं गर्भनरकोरुपमा डा. पौडेललाई नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र यी क्षेत्रहरूमा कम्तीमा पनि १० वर्षको कार्यगत अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदारहरुबिच सहमती जुटाएर पौडेललाई गर्भनर नियुक्त गरेका हुन । यसअघि गर्भनरकोरुपमा महाप्रशाद अधिकारी रहेका थिए । उनको कार्यकाल २०८१ चैत्र २४ गते सकिएसगै डेपुटी गर्भनर डा. निलम ढुंगानाले कामु गर्भनरको जिम्वेवारी सम्हाल्दै आएकी थिईन ।

नबनियुक्त गर्भनर पौडेल राजनीतिक आस्थाका आधारमा काँग्रेसी हुन । अघिल्लो चुनावमा चितवनबाट चुनाव लडेका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसंग पराजित भएका थिए । सो पश्चात सक्रिय राजनीतिबाट टाडा भएका डा. पौडेल पछिल्लो समय अध्यापन र अन्य कार्यहरुमा संलग्न रहेका थिए ।

मुलुकको लागि क्षमतावान अर्थबिदकोरुपमा कहलिएका नबनियुक्त गर्भनर पौडैलले कार्यकालमा मुलुकको समग्र अर्थतन्त्रले उचाई लिने बिश्वास गरिएको छ ।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासंग निकै नजिक रहेका नवनियुक्त गर्भनर डा. पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन समेत गरेका थिए । चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत समेत पौडेलले पुरा गरेका छन् । डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता समेत मानिन्छन ।

पौडेलले सन् २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टरको रूपमा काम गरेका थिए । त्यसपछि विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा काम गरेका छन् ।