काठमाडौं । नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन झण्डै तीन अंकले घटेको नेप्से आज सोमबार १९ दशमलव ३० अंकले बढेर २६ सय २८ दशमलव ३६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १५ अंकले बढेर चार सय ४२ दशमलव ३२ अंकमा पुगेको छ । तीन सय २४ वटा कम्पनीहरुको ७१ हजार दुई सय ८७ पटकको कारोबारमा एक करोड ६२ लाख पाँच हजार पाँच सय ५८ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक ७० दशमलव ४९ अंकले घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव ७५ अंकले बढेर १३ सय १६ दशमलव ६९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३५ दशमलव ७९ अंकले बढेर तीन हजार चार सय ४३ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव दुई अंकले बढेर १३ हजार दुई सय ६६ दशमलव ५७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ७२ दशमलव ५५ अंकले बढेर १२ हजार तीन सय ८९ दशमलव ८९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी परेको छ ।