काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।
थाइल्यान्डमा जारी छनोटअन्तर्गत शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो।
नेपाल र हङकङको समान ५-५ अंक थियोे। तर, नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो।