शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एन आइ सि एशिया लघुवित्तको शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान

शुक्रबार, जेष्ठ २ २०८२

काठमाडौं । एन आइ सि एशिया लघुवित्तको लुम्बिनी प्रदेश अन्तर्गत रहेको शमसेरगञ्ज शाखाले दुई दिने आधारभूत कुखुरापालन तालिम प्रदान गरेको छ ।

विपन्न वर्गको उत्थान हेतु आयोजित कार्यक्रम यहि वैशाख ३० र ३१ गते दुई दिन चलेको थियो । कार्यक्रममा शमसेरगंज शाखा प्रमुख मधु शाह, पशु बिकास अधिकृत पुर्ण बहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो । २८ जना सदस्यहरु उक्त तालिम बाट लाभान्वित भए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।