काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १४ दशमलव ८७ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पुन १३ दशमलव ९६ अंकले घटेर २६ सय २० दशमलव २७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २८ अंकले घटेर चार सय ४१ दशमलव ४४ अंंकमा पुगेको छ । तीन सय १५ वटा कम्पनीहरुको एक लाख १२ हजार पाँच सय ७७ पटकको कारोबारमा एक करोड ८४ लाख ९६ हजार एक सय ३८ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार एक सय पाँच रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा दुई वटा समुहले कमाएपनि बाँकी समुहहरुले भने गुमाएका छन् । सो मध्ये बिकास बैंक समुहको सुचक ४६ दशमलव ८१ अंकले बढेर पाँच हजार चार सय ७० दशमलव २० अंकमा पुगेको छ भने अन्य समुहको सुचक बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव २७ अंकले घटेर १३ सय छ दशमलव ९४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव ५७ अंकले घटेर तीन हजार चार सय ७६ दशमलव ९७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १८ दशमलव ९३ अंकले घटेर १३ हजार तीन सय ३३ दशमलव ९५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ७९ दशमलव ९७ अंकले घटेर १२ हजार तीन सय ७१ दशमलव २३ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज ओम मेगाश्री फर्मासिटिल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । राधी जलबिद्युत कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।