शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सात अंकले बढ्यो नेप्से, छ वटा समुहले गुमाउँदा सात वटा समुहले कमाए

बुधबार, बैशाख ३ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन २७ अंकले बढेको नेप्से आज बुधबार सात दशमलव एक अंकले बढेर २६ सय ९६ दशमलव २३ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३० अंकले बढेर चार सय ५१ दशमलव ८२ अंकमा चढेको छ । तीन सय २९ वटा कम्पनीहरुको ६४ हजार तीन सय ६० पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता शेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सात वटा समुहले कमाएका छन् भने छ वटा समुहले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ३१ अंकले बढेर १३ सय ६८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६० दशमलव शुन्य पाँच अंकले बढेर ३५ सय ४० दशमलव ७५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ३९ अंकले बढेर १३ हजार तीन सय १५ दशमलव ८८ अंकमा पुगेको पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ६७ दशमलव ४६ अंकले बढेर १२ हजार चार सय ७३ दशमलव ६३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । फाईनान्स समुहको सुचक भने १७ दशमलव ३६ अंकले घटेर २५ सय ४९ दशमलव ६६ अंकमा पुगेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लगानी र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा गुुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।