शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

यू-१९ विश्वकप एसिया छनोट : हङकङले नेपाललाई दियो ११६ रनको लक्ष्य

बुधबार, बैशाख ३ २०८२

काठमाडौं। आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाउन सक्यो । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए ।  आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।अरू ब्याट्समेनले उल्लेख्य रन बनाउन सकेनन् ।

नेपालका युवराज खत्रीले ४ विकेट लिए । उनले १० ओभरमा १८ रन मात्र दिए । विपिनप्रसाद शर्माले ३ विकेट लिए । उनले ६.२ ओभरमा २४ रन दिए । यस्तै सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।