शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पाँच रुपैंयाँ दरको नोट प्रचलनमा

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । राष्ट्र बैंकले बैशाख दुई गते अर्थात आज मंगलबादेखि पाँच रुपैंयाँ दरको नोट प्रचलनमा ल्याएको छ । मुद्रा व्यवस्थापन बिभागका अनुसार रुपैयाँ ५ दरको साविककै आकार तथा रङ्गमा नं. ५०००००१ देखि ८ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैया ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश सहितको नोट प्रचलनमा ल्याईएको हो ।

र प्रचलनमा ल्याईएको नोटको अग्र भागमा नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको। नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्वर नेपालीमा “वि.सं. २०८१” लेखिएको छ ।

यसैगरी नोटको पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “नेपाल राष्ट्र बैंक“ लेखिएको, नोटको मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा “रुपीज फाईभ“ लेखिएको, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्वर अंग्रेजीमा “२०२४ ए.डी “ लेखिएको छ ।

यसअघि २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सेरिज २०२०) को बैंकनोट सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं. प ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।