आठ अंकले घट्दा छ अर्ब २८ करोडको शेयर कारोबार
काठमाडौं । बिसं २०८१ सालको अन्तिम दिनलाई नेप्सेको लालसलाम गरेको छ । नेप्से आज आठ दशमलव ६२ अंकले घटेर २६ सय ६२ दशमलव आठ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ४० अंकले बढेर चार सय ४६ दशमलव ४४ अंकमा पुगेको छ । तीन सय २२ वटा कम्पनीहरुको ५४ हजार तीन सय ६१ पटकको कारोबारमा एक करोड ३१ लाख ८९ हजार तीन सय २८ कित्ता शेयर किनबेच भएकोमा आजज कुल कारोबार रकम छ अर्ब २८ करोड दुई लाख ९६ हजार दुई सय ४५ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक बढेका छन् भने बाँकी नौं वटा समुहहरुको सुचक घटेका छन् । ति मध्ये होटल तथा पर्यटन समुहको सुचक १७ दशमलव शुन्य नौं अंकले बढेर छ हजार चार सय ५४ दशमलव ९६ अंकमा पुग्दा निर्जीवन बीमा, लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचके तीन दशमलव ६३ अंकले घटेर १३ सय ५४ दशमलव ३९ अंकमा पुगेको भने जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ९६ अंकले घटेर तीन हजार चार सय ३० दशमलव ८१ अंकमा पुगेकोछ । जीवन बीमा समुहको सुचक पनि ७५ दशमलव ७७ अंकले घटेर १३ हजार एक सय ९६ दशमलव १६ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी होल्डिङ लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।