काठमाडौ । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्नको लागि प्रस्ताव मागेको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको हो ।
रकम लगानीको अवधि बिसं २०८२ बैशाख सात गते देखि बिसं २०८३ बैशाख सात गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख तीन गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ । लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको ७७ करोड ६० लाख, बिकास बैकहरुको लागि १४ करोड ५५ लाख र फाईनान्स कम्पनीहरुको लागि चार करोड ८५ लाख रुपैंयाँ छुट्याईएको छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।