शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टी-२०आई सिरिज : नेपाललाई कुवेतले दियो १७५ रनको लक्ष्य

आइतबार, चैत्र ३१ २०८१

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाको उपाधिका लागि नेपाललाई कुवेतले १७५ रनको लक्ष्य दिएको छ ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । निर्धारित २० ओभर खेल्दै कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो ।

कुवेतका ओपनर रवीजाले सर्वाधिक ६३ रन बनाए। ३६ बल खेलेका उनले ६ चौका र चार छक्का हाने।

क्लिन्टो एन्टोले २४ बलमा एक चौका र तीन छक्कासहित २६ रन बनाए।   यस्तै, मिट भावसार १६ र उस्मान पटेल २३ रनमा आउट हुँदा क्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे।

कुवेतका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए। करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए ।