काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र ब्याटर अनिलकुमार शाहले चोटका कारण हङकङ सिरिज गुमाउने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलाडीको सूचीमा यी दुई खेलाडीको नाम समावेश भएको छैन ।
सन्दीपले प्रधानमन्त्री कपमा केही समय कमेन्ट्री बक्समा बस्दै गर्दा हङकङ सिरिज गुमाउन सक्ने बताएका थिए । उनको हर्नियाको अप्रेसन भएको र उनी हाल रिकभरीको अवस्थामा रहेका छन् । उनले आफू १४(१५ दिनपछि मैदानमा फर्किने तयारी गरिरहेको पनि बताएका छन् ।
त्यस्तै, अनिल शाहको भने नेपाल प्रिमियर लिग९एनपिएल०को बेलामा लागेको नाडीको चोट राम्रोसँग ठीक नहुँदा उहाँ आफैंले आफ्नो नाम फिर्ता लिएको बताएका छन् । हाल प्रारम्भिक चरणमा क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नेपालले चैत २७ गतेदेखि हङकङमा चार देशीय सिरिज खेल्दैछ । सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहनेछन् । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा रोहित पौडेल ९कप्तान०, आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, रूपेश सिंह, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम र विवेक यादव रहेका छन् ।