आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको मूल्यमा सामान्य बृद्धि

बुधबार, फाल्गुन २८ २०८१

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।