काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो।