आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, फाल्गुन २३ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको छ ।

बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

बिहीबार तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको हो ।

आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार १ हजार ९९० रुपैयाँ पुगेका हो ।