काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन ३० दशमलव ३६ अंकले घटेको नेप्से आज बुधबार २५ दशमलव १६ अंकले घटेर २८ सय २१ दशमलव १३ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७० अंकले घटेर चार सय ६९ दशमलव ५६ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको एक लाख एक हजार छ सय तीन पटकको कारोबारमा दुई करोड ३३ लाख ४३ हजार दुई सय एक कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख ५४ हजार चार सय ७३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक १८ दशमलव ५७ अंकले बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दशमलव ८९ अंकले घटेर १४ सय १७ दशमलव ४६ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १४ दशमलव १७ अंकले घटेर तीन हजार सात सय ९१ दशमलव २७ अंकमा झरेको छ । जीवन बीमा समुको सुचक पनि दुई सय १२ दशमलव १३ अंकले घटेर १४ हजार तीन सय ५८ दशमलव १५ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय एक दशमलव ८३ अंकले घटेर १३ हजार एक सय सात दशमलव ६९ अंकमा झरेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि आज घटेका छन् ।
आज समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा ग्रिन डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।