आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनचाँदीको भाउ बढ्यो 

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौँ ।  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य नौ सय रुपैयाँ र चाँदीको मूल्य  १० रुपैयाँले बढेको हो ।

मङ्गलबार प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि  एक लाख ७० हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला  एक हजार नौ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।