काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार १३ दशमलव ६२ अंकले घटेर २८ सय ७६ दशमलव ६६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७१ अंकले घटेर चार सय ८० दशमलव ५९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय वटा कम्पनीहरुको एक लाख ३९ हजार पाँच सय ५५ वटा कम्पनीहरुको तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये पाँच वटा समुहहरुको सुचक बढेको छ भने बाँकी समुहहरुको सुचक भनेको छ । बाँणिज्य बैंक समुहको सुचक आज १९ दशमलव ९४ अंकले घटेर १४ सय ४७ दशमलव ६९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४७ दशमलव ४१ अंकले घटेर तीन हजार आठ सय ४७ दशमलव ३४ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् । जीवन बीमा समुहको सुचक भने एक सय १३ दशमलव २१ अंकले बढेर १४ हजार छ सय ७१ दशमलव ८७ अंकमा पुगेकोमा निर्जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाएको छ भने समाज लघुवित्त वित्तीय संंस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।