काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ११ दशमलव ६६ अंकले बढेर २७ सय ५५ दशमलव ४० अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६६ अंकले बढेर चार सय ५८ दशमलव ६४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख आठ हजार नौं सय १३ पटकको कारोबारमा दुई करोड १२ लाख छ हजार पाँच कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहले सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । नेप्सेमा आज बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ४९ अंकले बढेर १३ सय ८३ दशमलव ७५ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय १८ दशमलव ३० अंकले बढेर १३ हजार आठ सय ६० दशमलव ५८ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १७ दशमलव ५६ अंकले बढेर १२ हजार नौं सय ९६ दशमलव ५२ अंकमा पुगेको छ भने लगानी, उत्पादमुुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उकालो लागेका छन् । नेप्सेमा बिकास बैंक समुहको सुचक भने २७ दशमलव ४० अकले घटेर पाँच हजार छ सय ५६ दशमलव ९१ अंकमा पुगेको छ भने जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाएपनि रिलायन्स फाईनान्स कम्पनीले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।