काठमाडौं । नेप्से बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से तीन दशमलव १४ अंकले बढेर २७ सय ४३ दशमलव ७४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ९० अंकले घटेर चार सय ५७ दशमलव ९८ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ८६ हजार दुई सय २३ पटकको कारोबारमा एक करोड ५६ लाख ३७ हजार छ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम आठ अर्ब ६२ करोड ७६ लाख ८७ हजार पाँच सय ९९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर किनबेच हुँदा चार वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । जीवन बीमा समुहको सुचक आज तीन सय २५ दशमलव ३८ अंकले बढेर १३ हजार सात सय ४२ दशमलव २७ अंकमा चढेको छ भने निर्जीवन बीमा, अन्य र व्यापार समुहको सुचक सामान्य अंकले बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज सात दशमलव ७१ अंकले घटेर १३ सय ८३ दशमलव २६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ६० अंकले घटेर तीन हजार सात सय ७८ दशमलव ५९ अंकमा झरेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले घटेर राताम्मै देखिएका छन् ।
आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाएपनि बाराही हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।