शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

‘नोभेम्बर मिष्टर एण्ड मिस नेसनल नेपाल’ को अडिशन

सोमबार, फाल्गुन ५ २०८१

काठमाडौं । ‘नोभेम्बर क्लोथिङ मिष्टर एण्ड मिस नेसनल नेपाल-२०२५’ को अडिशन सुरु भएको छ ।

शनिबार काठमाडौंस्थित होटल मण्डला नर्लिङमा फिजिकल अडिशन आरम्भ गरिएको हो । शनिबारको अडिशनमा नेपाल आएकी मिस ग्लोब डायना मोरेनो निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

डायनासहित फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्वमिस ग्लोब नेपाल रोशनी चन्द्र, पूर्वमिष्टर इन्टरनेसनल मानस राई निर्णयकको रूपमा अडिशन सुरु गर्नुअघि प्रेस मिट राखिएको थियो ।

जहाँ यस वर्षको प्रतियोगितासहित अडिशनबारे जानकारी दिइइएको थियो । अडिसन देशभरिका सातै प्रदेशमा हुने बताइएको छ । फेब्रवरी २४ देखि उपत्यकाबाहिर झापा, इटहरी, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा अडिशन हुनेछ । जसको समयतालिका केही दिनमा सार्वजनिक गरिने बताइएको छ ।

प्रतियोगितमा १८ देखि ३२ का महिला र १८ देखि ३४ सम्म पुरुषले अडिशन दिन पाउने सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा यस प्रतियोगिताका नेसनल डारेक्टर डाक्टर सन्तोष उपाध्यायले जानकारी गराए ।

कार्यक्रममा पहिलोपटक नेपाल आएकी मिस ग्लोब डायनाले पनि नेपालको बसाईं निकै रमाइलो लागिरहेको बताउनुभयो । साथै आफू जज बन्न पाउँदा उत्साहित रहेको उहाँको भनाइ थियो । यस प्रतियोगिताले वल्र्ड युथ फेष्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे सो पनि गर्दैछ । मिष्टर एण्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन् ।

मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिष्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिष्टर इन्टरनेसनल, मिष्टर टुरिजम वल्र्ड छन् । जुन मिष्टर एण्ड मिस नेसनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता रहेको आयोजकको दाबी छ ।