शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा १९ अंकको उच्च बृद्धि, नौं अर्ब ४७ करोडको शेयर किनबेच

आइतबार, फाल्गुन ४ २०८१

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । आज आईतबार नेप्से १९ दशमलव ५६ अंकले बढेर २६ सय ९८ दशमलव शुन्य तीन अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स तीन दशमलव ५४ अंकले बढेर चार सय ५३ दशमलव ४२ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ९६ हजार दुई सय ८२ पटकको कारोबारमा आज दुई करोड नौं लाख ८४ हजार चार सय ४० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौं अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा निर्जीवन बीमा समुहको सुचक एक सय ६५ दशमलव ९० अंकले घटेर १२ हजार छ सय ९८ दशमलव शुन्य छ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले घटेको छ ।

बाँणिज्य बैंक समुहको सुचक भने १३ दशमलव २१ अंकले बढेर १३ सय ५८ दशमलव ४२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १३ दशमलव ७४ अंकले बढेर तीन हजार आठ सय ११ दशमलव ८७ अंकमा चढेको छ । यि बाहेक जीवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएपनि ङादी ग्ुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्च एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।