शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सात अंकले घट्यो नेप्से, तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए

बिहिबार, फाल्गुन १ २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेको छ । अघिल्लो दिन झण्डै दुई अंकले बढेको नेप्से आज सात दशमलव २६ अंकले घटेर २६ सय ७८ दशमलव ४७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५२ अंकले घटेर चार सय ४९ दशमलव ८८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय दुई वटा कम्पनीहरुको ७८ हजार आठ सय ३५ पटकको कारोबारमा एक करोड ५८ लाख ७५ हजार एक सय ५२ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम सात अर्ब ९२ करोड १३ लाख नौं सय ८२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहको सुचक बढेर बाँकी १० वटा समुहहरुको सुचक घटेको छ । सो मध्ये फाईनान्स समुहको सुचक ५१ दशमलव ७१ अंकले बढेर २७ सय ९६ दशमलव १० अंकमा पुुगेको छ भने लघुवित्त र लगानी समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज तीन दशमलव ११ अंकले घटेर १३ सय ४५ दशमलव २१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव ७८ अंकले घटेर तीन हजार सात सय ९८ दशमलव १२ अंंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि १९ दशमलव २० अंकले घटेर १३ हजार १९ दशमलव ४५ अंकमा झरेकोमा निर्जीवन बीमा, बिकास बैंक, होटल तथा पर्यटन, उत्पादनुमलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज मातृभुमी लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी कमाएपनि ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।