शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सम्बन्धविच्छेदपछि गायिका एलिना चौहानको भावुक स्टाटस

मंगलबार, माघ २९ २०८१

काठमाडौं । गायिका एलिनाले पति विष्णुसँगको सम्बन्धविच्छेद पछि सामाजिक सञ्जालमा भावुक  स्टाटस लेख्दै आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ९आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छन् ।

एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । तर उनीहरुले १० महिना नपुग्दै सम्बन्धविच्छेद गरेका छन् ।

‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’ उनले भनेकी छन् ।

हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बिष्णुले वारेसमार्फत सम्बन्धविच्छेद मुद्दा लडेका थिए ।

हेर्नुहोस् एलिनाले लेखेको स्टाटस् :