शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

छ अंकले बढ्यो नेप्से, पाँच वटा समुहले कमाउँदा आठ वटाले गुमाए

मंगलबार, माघ २९ २०८१

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दुई दिन लगातार घटेको नेप्से आज मंगलबार छ दशमलव ५४ अंकले बढेर २६ सय ८३ दशमलव ८६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५० अंकले घटेर चार सय ५० दशमलव १५ अंकमा सिमित भएको छ ।

नेप्सेमा आज दुई सय ९९ वटा कम्पनीहरुको ७२ हजार ९४ पटकको कारोबारमा एक करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम सात अर्ब २४ करोड ६२ लाख २१ हजार दुई सय ६० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये पाँच वटा समुहले कमाए पनि बाँकी समुहहरुले भने गुमाएका छन् । आज बाणिज्य बैंक समुहको सुचक दुई दशमलव ७९ अंंकले घटेर १३ सय ४९ दशमलव ११ अंकमा झरेको छ भने जीवन बीमा समुहको सुचक पनि ११ दशमलव ५४ अंकले घटेर १२ हजार नौं सय ७६ दशमलव १० अंकमा झरेको छ । निर्जीवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार समुहहरुको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने एक सय ३४ दशमलव शुन्य आठ अंकले बढेर पाँच हजार सात सय ६९ दशमलव ९३ अंकमा चढेको छ भने जलबिद्युत, लगानी, उत्पादनमुलक र सामाुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

आज सिक्लेस हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा भुगोल इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । यसैगरी आज बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी होल्डिङ लिमिटेड परेको छ ।