शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा ११ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै

सोमबार, माघ २८ २०८१

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से आज सोमबार पनि १० दशमलव ९८ अंकले घटेर २६ सय ७७ दशमलव ३२ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले घटेर चार सय ५० दशमलव ६५ अंकमा झरेको छ । तीन सय २२ वटा कम्पनीहरुको ७४ हजार आठ सय ६४ पटकको कारोबारमा एक करोड ४४ लाख ४३ हजार सात सय ६५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार भएको रकम छ अर्ब ९६ करोड दुई लाख ९२ हजार दुई सय ३५ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर हुँदा अन्य समुहको सुचक चार दशमलव ९१ अंकले बढेर २१ सय दशमलव ४४ अंकमा पुगेको छ भने व्यापार समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने दुई दशमलव ३९ अंकले घटेर १३ सय ५१ दशमलव ९१ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि २९ दशमलव २५ अंकले घटेर तीन हजार सात सय ७५ दशमलव १८ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव शुन्य एक अंकले घटेर १२ हजार नौं सय ८७ दशमलव ६५ अंकमा पुगेकोमा निर्जीवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले घटेकाछन् ।

ङादी ग्रुप पावर लिमिटेडले आज सबैभन्दा बढी कमाउँदा बोटर्लस नेपाल (बालाजु) लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडके सबैभन्दा बढी रकम कारोबार भएको छ ।