काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ११ दशमलव ४९ अंकले घटेर २६ सय ८८ दशमलव ३१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २५ अंकले घटेर चार सय ५२ दशमलव २१ अंकमा झरेको छ । नेप्सेमा तीन सय पाँच वटा कम्पनीहरुको ८४ हजार दुई सय ८० पटकको कारोबारमा एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार छ सय २८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको समुहहरुको शेयर कारोबार भएको मध्ये नौं वटा समुहहरुले गुमाउँदा चार वटा समुहले भने कमाएका छन् । ति मध्ये फाईनान्स समुहको सुचक २१ दशमलव ८५ अंकले बढेर २७ सय ४४ दशमलव २४ अंकमा पुगेको छ भने लघुवित्त, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने चार दशमलव ८३ अंकले घटेर १३ सय ५४ दशमलव ३० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ३९ अंकले घटेर तीन हजार आठ सय चार दशमलव ४३ अंकमा झरेको छ । जीवन बीमा, निर्जीवन बीमा, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज सेन्ट्रल फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज बढी रकम कारोबार भएको छ ।