नयाँदिल्ली । आइसिसी एलिट प्यानलका भारतीय अम्पायर नितिन मेननले च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान जान अस्वीकार गरेका छन् । नितिन मेननको नाम च्याम्पियन्स ट्रफीको अम्पायरहरूको सूचीमा थियो । च्याम्पियन्स ट्रफी १९ फेब्रुअरीबाट सुरु हुँदैछ । यो प्रतियोगिता पाकिस्तानले आयोजना गर्नेछ । यद्यपि, भारतीय टोलीले हाइब्रिड मोडेलअन्तर्गत दुबईमा आफ्ना खेलहरू खेल्नेछ ।
च्याम्पियन्स ट्रफीका लागि भारतीय अम्पायर नितिन मेननबाहेक कुमार धर्मसेना, क्रिस, माइकल गफ, एड्रियन होल्डस्टक, रिचर्ड इलिंगवर्थ, रिचर्ड केटलब्रो, एहसान रजा, पल राइफल, शराफुद्दौला इब्ने शाहिद, रोडनी टकर, एलेक्स व्हार्फ र जोएल विल्सन छनोट हुनुभएको थियो । ४० टेष्ट खेलबाहेक नितिन मेननसँग ७५ एकदिवसीय र ७५ टी(२० खेलमा अम्पायरिङको अनुभव छ । यसबाहेक उनले १३ महिला टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा अम्पायरिङ गरिसकेका छन् । एजेन्सी ।