शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१४ अंकले घट्यो नेप्से, दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

मंगलबार, माघ २२ २०८१

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दुई दिन बढेको नेप्से आज मंगलबार १४ दशमलव शुन्य आठ अंकले घटेर २७ सय १५ दशमलव ९१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४९ अंकले घटेर चार सय ५७ दशमलव १२ अंकमा झरेको छ ।

तीन सय १५ वटा कम्पनीहरुको ९० हजार दुई सय दुई पटकको कारोबारमा एक करोड ६९ लाख १७ हजार आठ सय ३५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार सात सय ७५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जलबिद्युत समुहको सुचक छ दशमलव शुन्य नौं अंकले बढेर तीन हजार आठ सय ३६ दशमलव ५१ अंकमा पुग्दा अन्य समुहको सुचक पनि नौं दशमलव २७ अंकले बढेको छ । बाँणिज्य बैक समुहको सुचक आज सात दशमलव ८६ अंकले घटेर १३ सय ६७ दशमलव ५४ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ३२ दशमलव ५२ अंकले घटेर १३ हजार दुई सय २९ दशमलव २१ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव २४ अंकले घटेर १३ हजार एक सय ५५ दशमलव ४४ अंकमा झरेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक उच्च अंकले घटेका छन् ।

जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।